मोदीको सन्देश लिएर आए मिस्री

  • बिहीबार २० कात्िक २०८३ ०८:०० AM
काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री बुधबार काठमाडौं ओर्लिँदा उनको आगमनले औपचारिक कूटनीतिक वृत्तमा मात्रै होइन, राजनीतिक वृत्तमा पनि एउटा रोचक चर्चा चलेको छ। परम्परागत कूटनीतिक पहिरन र सामान्य चस्मामा देखिने मिस्री यसपटक कालो चस्मा लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिए।कालो चस्मा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को सार्वजनिक पहिचान बनिसकेको छ। काठमाडौं महानगरपालिकाको प्रमुख हुँदादेखि नै कालो चस्मामा देखिँदै आएका बालेन प्रधानमन्त्री बनेपछि पनि सार्वजनिक कार