काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्समा अनुबन्ध भएका टेस्ट राष्ट्र दक्षिण अफ्रिकाका चर्चित ब्याटर डेविड मिलर नेपाल आइपुगेका छन्। बुधबार बिहान मिलर तेस्रो संस्करणको एनपीएल खेल्न नेपाल आइपुगेका हुन्। उनलाई कर्णाली याक्स स्पोट्र्स प्रालिका प्रतिनिधिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।३७ वर्षीय मध्यक्रमका बायाँ हाते ब्याटरले दक्षिण अफ्रिकासँगै विश्व चर्चित फ्रेन्चाइज लिगहरूमा आफ्नो बलियो छाप छाडेका छन्। भारतको इन्डियन प्रिमियर लिग (आईपीएल), अस्ट्रेलियाको