काठमाडौं : इजरायलमा आमनिर्वाचनपछि कुनै पनि राजनीतिक गठबन्धनले स्पष्ट बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति आइज्याक हर्जोगले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरूसँग परामर्श सुरु गरेका छन् ।गत अक्टोबर २७ मा सम्पन्न निर्वाचनको आधिकारिक नतिजा प्राप्त गरेपछि राष्ट्रपति हर्जोगले बुधबार साँझदेखि दलका नेताहरूसँग छलफल अघि बढाएका हुन् । उनले अर्को निर्वाचन हुन नदिन दलहरूलाई आफ्ना सबै प्रतिबद्धता र वाचा पूरा गर्न नसकिने यथार्थ बुझ्न आग्रह गरेका छन् ।निर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको दक्षिणपन्