चिनियाँ बजारको मन्दीले बीएमडब्लूको रोजगारी योजनामा फेरबदल

  • बिहीबार २० कात्िक २०८३ ०२:०० AM
काठमाडौँ : चीनमा सवारीसाधनको बिक्री घट्दै गएपछि जर्मन कार निर्माता कम्पनी बीएमडब्लूले रोजगारी कटौती कार्यक्रमलाई थप तीव्र बनाउने भएको छ । विश्वकै ठूलो सवारीसाधन बजार चीनमा बढ्दो प्रतिस्पर्धा र घट्दो मागका कारण तेस्रो त्रैमासिकमा कम्पनीको नाफा घटेपछि यस्तो निर्णय गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी मिलान नेदेल्कोभिकले बुधबार नयाँ योजनाअन्तर्गत कति रोजगारी कटौती गरिने भन्ने यकिन नभए पनि आवश्यकताअनुसार कटौती गर्न तयार रहेको बताएका छन् ।पत्रकार सम्मेलनमा उनले कम्पनीका लागि उपयुक्त हुने सीमासम