काठमाडौँ : युक्रेनले रुसी सेनाको दोहोरो हवाई बम आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको घटनासम्बन्धी प्रहरीको बडीक्याम भिडियो सार्वजनिक गरेको छ । आक्रमणमा मानवीय सहायता वितरण केन्द्र र भूमिगत आश्रयस्थललाई निशाना बनाइएको युक्रेनको दाबी छ ।युक्रेनको राष्ट्रिय प्रहरीले बुधबार सार्वजनिक गरेको भिडियोमा पहिलो बम विस्फोटपछि दक्षिणी गाउँ कामिशुभाखाका स्थानीय बासिन्दा भूमिगत आश्रयस्थलतर्फ गएको देखिन्छ । त्यसको केही समयपछि दोस्रो शक्तिशाली विस्फोट भएको र आश्रयस्थलमा आगो लागेको दृश्य भिडियोमा कैद भएको बिबिसि