गोरखा : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का नेता तथा संसदीय दलका प्रमुख सेचतक कवीन्द्र बुर्लाकोटीले सरकारले आवश्यकता ठानेर प्रहरी प्रमुखको जिम्मेवारी हेरफेर गरेको बताएका छन्। बुधबार गृहजिल्ला गोरखाका पत्रकारहरुसंगको भेटघाट कार्यक्रममा बोल्दै नेता बुर्लाकोटीले यसमा पार्टीको कुनै सुझाव वा राय नरहेको प्रतिक्रिया दिए।‘पछिल्लो केही दिनयता विकसित विभिन्न घटनाक्रमको बिश्लेषण गरी सरकारले आवश्यकताका आधारमा उक्त निर्णय लिएको हो’, उनले भने, ‘सरकारको यो निर्णय पार्टीको भन्दा पनि सरकारको