बिर्तामोडमा आगलागी : दुई तले घरसहित ६ करोडको सामान जलेर नष्ट

  • बुधबार १९ कात्िक २०८३ १०:०० PM
झापा : झापाको बिर्तामोडमा बुधबार बिहान भएको भीषण आगलागीबाट करिब ६ करोड रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट दुई तले घरसहित इलेक्ट्रोनिक्स पसल, गोदाम र फार्मेसीमा रहेका सामान जलेर पूर्णरूपमा नष्ट भएका छन्।बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटल नजिकै राजेश मण्डलको दुई तले घरमा बिहान १०:४० बजे आगलागी भएको हो। उक्त घरमा सागर घोषले सञ्चालन गरेको शुभलाभ इलेक्ट्रोनिक्स पसलको गोदाम राखिएको थियो। गोदाममा अचानक विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय बिर्त