काठमाण्डु– झापाको बिर्तामोडमा आज भएको आगलागीबाट करिब छ करोड बराबरको क्षति भएको छ। आगलागीबाट इलेक्ट्रोनिक पसल, फार्मेसी र दुईतले पक्की घर पूर्णरूपमा जलेर नष्ट भएका छन्। बिर्तामोड नगरपालिका–४ स्थित सिद्धार्थ होटलनजिकै रहेको राजेश मण्डलको घरमा आगलागी भएको थियो। घरको दोस्रो तलामा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका