काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले चाडपर्वमा विद्युत् आपूर्ति निर्वाध रुपमा सुनिश्चित गर्न निर्देशन दिएका छन् । त्यसलगत्तै सुरु हुने सुख्खायामको विद्युत् व्यवस्थापनका लागि पूर्वतयारी तथा योजनाबद्ध कामलाई प्राथमिकतामा राख्न समेत उनले मातहतका निकायलाई निर्देशन दिएका हुन् । मन्त्री श्रेष्ठले आज प्राधिकरण सञ्चाल समितिको बैठक अघि कार्यकारी निर्देशक तथा कर्मचारीहरुलाई तिहार तथा छठ पर्वमा