काठमाण्डु– सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयद्वारा गठित छनोट समितिको सिफारिसका आधारमा थापालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिसँगै बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्। शपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले बीमा क्षेत्रको विकास