काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठसँग भारतको विदेश सचिव विक्रम मिश्रीले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा आज भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजनाहरूको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ । भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका शृङ्खलाबद्ध विपद्मा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद