काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आधिकारिकताका विषयमा लगाइएका आरोपहरूको स्वतन्त्र, निष्पक्ष, विधिसम्मत र विश्वसनीय छानबिनको माग गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित आकस्मिक पत्रकार सम्मेलनमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बुधबारको पदाधिकारी बैठकले छानबिनका लागि माग गर्ने निर्णय गरेको जानकारी दिए । बैठकले छानबिन प्रक्रियालाई अगाडि बढाउन र निष्कर्षमा पु¥याउन कांग्रेस उपसभापति एवं