काठमाडौं । पूर्व न्यायाधीश फोरम, नेपालले न्यायपालिका बारम्बार गम्भीर विवादमा पर्दै आएको भन्दै यसको गरिमा जोगाउन, चिन्ता, चासो र दायित्व बोध गर्न सबै पक्षको ध्यानाकर्षण गराएको छ। फोरमका अध्यक्ष टोपबहादुर सिंहद्वारा जारी विज्ञप्तिमा अदालतभित्र देखिने भ्रष्टाचारजन्य कार्य, विकृति र विसंगतिविरुद्ध शून्य सहनशीलता अपनाउनु आवश्यक रहेको औंल्याइएको छ। साथै, कुनै एक वा केही न्यायाधीशका कारण समग्र न्यायपालिकाको छवि नै नकारात्मक रूपमा प्रस्तुत गर्ने प्रवृत्तिको बेलैमा नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको छ। विज्ञप्तिमा संविधानको मर्म र भावनाविपरीत आफन्त वा अनुकूलका व्यक्तिलाई प्रधानन्यायाधीश वा न्यायाधीश बनाउने तथा अनुकूलको फैसलाको अपेक्षा गर्ने प्रवृत्तिले न्यायपालिका आजको विकृत ... The post न्यायपालिकाको गरिमा जोगाउन र विकृति अन्त्य गर्न पूर्व न्यायाधीश फोरमको गम्भीर ध्यानाकर्षण appeared first on Kalika Khabar.