काठमाडौं : गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री व्यवहार गर्न निर्देशन दिएका छन्। नवनियुक्त आईजीपी मनोज केसीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै गृहमन्त्री गुरुङले नागरिकसँग नजिक हुनका लागि विशेष ध्यान दिन निर्देशन दिए।'प्रहरी र नागरिकबीच दूरी छ। त्यो दूरी आगामी दिनमा नदेखियोस्,' उनले भने। गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई आवश्यक स्रोत साधन उपलब्ध गराउन सरकार सधैं तयार रहने बताए। उनले फिल्डमा खटिने प्रहरी जवानहरूको मनोबल उच्च राख्न पनि नवनियुक्त आईजीपीलाई निर्देशन दिए।त्यस्तै नवनियुक्त