गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकमैत्री बनाउँदै शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा गृहमन्त्री गुरुङले नागरिकसँगको व्यवहार सुधार गरी प्रहरीप्रतिको विश्वास अभिवृद्धि गर्न निर्देशन दिएका हुन्। उनले प्रहरी र नागरिकबीचको