काठमाडौं : सभामुख डोलप्रसाद (डीपी)अर्यालले सङ्घीय संसद्,प्रतिनिधि सभाअन्तर्गतका विषयगत समितिका सभापतिहरूसँग समसामयिक विषयमा छलफल गरेका छन्। छलफलका क्रममा सभामुख अर्यालले समितिहरूमा विचाराधीन विधेयकहरूलाई तीव्र गतिमा अघि बढाउन सभापतिहरूलाई आग्रह गरे। साथै,विधेयकमाथि प्रचलित नियमावली र कानुनी व्यवस्थाअनुसार संशोधन प्रस्ताव दर्ता गर्न पनि उनले प्रोत्साहित गरे।'विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दा प्रचलित नियम र प्रक्रियाको पालना गर्नुपर्छ। सम्बन्धित दल तथा विषयविज्ञहरूसँग आवश्यक छलफल गरी औचित