चितवन: चितवनको इच्छाकामना गाउँपालिका–६, जलबिरेस्थित लामो झरना खोलामा कार दुर्घटना हुँदा एक भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ।प्रहरीका अनुसार बुधबार दिउँसो करिब १४:३० बजे जलबिरे झरनाबाट फर्किंदै गरेको डब्लु.बी. ०२.ए.पी. ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो।दुर्घटनामा ज्यान गुमाएका पुरुषको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको छ।प्रारम्भिक अनुसन्धानबाट कारमा चालक मात्र सवार रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप