काठमाण्डु- नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) परिवर्तन गर्ने निर्णयलाई लिएर सरकार र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूबीच मत बाझिएको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीकै निर्देशनअनुसार आईजीपीको जिम्मेवारी हेरफेर गरिएको दाबी गरेका छन् । उता रास्वपा प्रवक्ता जगदीश खरेलले यस विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको र हस्तक्षेप पनि नगरेको बताएका छन्।