हवाई पार्टपुर्जाको आयात–निर्यात प्रक्रिया अब अनलाइनबाटै

  • बुधबार १९ कात्िक २०८३ ११:५४ AM
काठमाण्डु– हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सरल, छिटो, पारदर्शी र प्रविधिमैत्री बनाउन भन्सार विभाग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयनसम्बन्धी सम्झौता भएको छ । सम्झौताले हवाई यातायात तथा वायुयानका पार्टपुर्जाको आयात तथा निर्यातका क्रममा आवश्यक पर्ने प्राधिकरणको सिफारिस तथा अनुमति प्रक्रियालाई भन्सार विभागको राष्ट्रिय एकद्वार प्रणालीसँग प्रत्यक्ष रूपमा