काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा हुन सक्ने साइबर आक्रमण रोक्न नयाँ सूचना प्रविधि नीति लागू गरेको छ । बोर्डले बुधबारदेखि ‘नेपाल धितोपत्र बोर्ड सूचना प्रविधि नीति, २०८३’ लागू गर्दै सेयर बजारसँग सम्बन्धित सबै संस्थालाई साइबर सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिएको हो । नयाँ नीतिअनुसार नेपाल स्टक एक्सचेन्ज (नेप्से), धितोपत्र बोर्ड