रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ। रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण सुरु गरिने भएको छ। रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ। जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई