नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विक्रम मिश्रीले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग शिष्टाचार भेटवार्ता भएको छ । मिश्रीले आज अर्थ मन्त्रालयमा मन्त्री वाग्लेसँग भेटवार्ता गरेका उनको सचिवालयले जनाएको छ । भेटमा उनीहरूले दुई देशबीच आर्थिक सहकार्यका विभिन्न विषयमा छलफल गरे । त्यस अवसरमा अर्थसचिव डा घनश्याम उपाध्यायसहित परराष्ट्र मन्त्रालय र मन्त्रालयका अधिकारीहरू सहभागी थिए ।