ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र भारतीय विदेश सचिव विक्रम मिश्रीबीच शिष्टाचार भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा भएको भेटमा दुई देशबीच ऊर्जा व्यापार, जलविद्युत् आयोजनाहरूको निर्माण, विपद् प्रतिकार्य, पूर्वसूचना प्रणालीलगायत विषयमा छलफल भएको हो । भेटमा मन्त्री श्रेष्ठले नेपालले हालै भोगेका श्रृंखलाबद्ध विपद्मा सहयोग गरेकामा भारत सरकारलाई धन्यवाद दिए । उनले विद्युत् व्यापारलाई