काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न शाखामा आयोजना गरेको कार्यक्रममा कुल ४०४ पिन्ट रगत संकलन भएको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख व्यवसाय अधिकृत दीपेन्द्र सुवेदीले दुर्लभ नेगेटिभ रक्त समूहको रगतसहित ६१औँ पटक रक्तदान गरेका छन् ।