८ बुँदे सहमतिपछि टुंगियो अखिल क्रान्तिकारीको विवाद,के-के भयो सहमति ? 

 काठमाडौँ - सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु क्रान्तिकारीमा लामो समयदेखि जारी रहेको विवाद अन्ततः टुंगिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रोहबरमा ८ बुँदे सहमति भएसँगै अखिल क्रान्तिकारीभित्रको विवाद अन्त्य भएको हो ।

अध्यक्ष प्रचण्डसहितको उपस्थितिमा भएको छलफलपछि विवाद समाधान भएको हो । यो सहमतिसँगै पवन कार्की नेतृत्वको समानान्तर समिति पनि महाधिवेशन आयोजक कमिटीमा रूपान्तरित भएको छ ।

क्रान्तिकारीको २१ औं सम्मेलनमा क्रान्तिकारीमा संगठनात्मक समस्या रहेको आरोप लगाउँदै उपाध्यक्ष पवन कार्की नेतृत्वको समूहले समानान्तर गतिविधि गर्दै आएका थिए । आठ बुँदे सहमतिमा विद्यामान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने, आयोजक समितिमा पदाधिकारी विस्तार गर्ने लगायत सहमतिका आधारहरू प्रस्तुत गरिएको छ ।