नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण

  • बुधबार १९ कात्िक २०८३ ०९:४२ AM
काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ। बुधबार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयमा छलफल गरेको थियो। सोही अवसरमा अध्यक्ष उप्रेतीले नाडाको तर्फबाट आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्। नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन परिस्थितिमा सम्बन्धित संघ–संस्था र सरकारी कार्यालयलाई आवश्यकताअनुसार सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ। यस्ता गतिविधिले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्नुका साथै राज्यका निकायसँगको सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने नाडाको विश्वास छ। कार्यक्रममा नाडाका उपाध्यक्ष ... The post नाडाद्वारा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई आवश्यक सामग्री हस्तान्तरण appeared first on Kalika Khabar.