डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ

  • बुधबार १९ कात्िक २०८३ १०:०७ AM
कर्णाली : जिल्ला कारागार कार्यालय डोल्पाबाट फरार भएका चार जना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले आज त्रिपुरासुन्दरी नगरपालिका–४ डोल्पास्थित रङ गाउँमा कमला बुढाको घरमा लुकीछिपी बसेको अवस्थामा सोही नगरपालिका–७ घर भएका जबर्जस्ती करणीसम्बन्धी कसुरमा आठ वर्ष कैद सजाय तोकिएका २९ वर्षीय कालीप्रसाद रोकाय र नलगाड नगरपालिका–९ जाजरकोट घर भई नकबजनी चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय तोकिएका १९ वर्षीय कैलाश भन्ने कपिल परियारलाई पक्राउ गरेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार मङ्गलबार आठबिसकोट नगरपालिका १० रुकुमपश्चिम घर भएका ... The post डोल्पा कारागारबाट भागेका आठमध्ये चार कैदी पक्राउ appeared first on Kalika Khabar.