विराट एक्स्पोमा २५ हजार विद्यार्थी र २ हजार युवालाई जोड्ने लक्ष्य

  • बुधबार १९ कात्िक २०८३ ०४:०० PM
विराटनगर: विराटनगरको उद्योग व्यापार प्रवर्धनका साथै विद्यार्थीलाई करियरको बाटो देखाउने, युवालाई रोजगारीसँग जोड्ने र नयाँ उद्यमलाई लगानीको अवसर उपलब्ध गराउने लक्ष्यसहित विराटनगरमा नवौँ विराट एक्स्पो आयोजना हुने भएको छ।उद्योग संगठन मोरङले पुस २ देखि ११ गतेसम्म विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसको मैदानमा एक्स्पो सञ्चालन गर्ने तयारी गरेको छ। एक्स्पोमा २७५ भन्दा बढी स्टल रहनेछन्। आयोजकले १० दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा २ लाख ५० हजारभन्दा बढी दर्शक सहभागी गराउने लक्ष्य राखेको छ।