काठमाडौं : साताको तेस्रो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा अडिएको हो। साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेको थियो। मंगलबार ५ अर्ब ६५ करोडको सेयर कारोबार भएको थियो।नेप्से सामान्य अंकले बढे पनि कारोबार रकम भने मंगलबारको तुलनामा वृद्धि भएको छ। यसदिन ३५८ वटा स्क्रिप्सको २ करोड २१ लाख २३ हजार ४१४ कित्ता सेयर ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार ४