काठमाडौं : सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा मनोज केसीलाई नियुक्त गरेको छ। दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाएर सरकारले केसीलाई प्रहरी प्रमुखमा नियुक्त गरेको हो।२८ वर्षअघि प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका केसी अपराध अनुसन्धानमा विशेष दक्षता राख्ने प्रहरी अधिकारीका रूपमा परिचित छन्। २०५४ चैत २८ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा प्रवेश गरेका उनले आफ्नो व्यावसायिक जीवनको अधिकांश समय अपराध अनुसन्धान, शान्ति सुरक्षा र प्रहरी संगठनको संस्थागत सुधारमा बिताएका छन