काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नवीकरणीय ऊर्जाको विकासका लागि निजी क्षेत्रको लगानी, नयाँ प्रविधि र स्थानीय उद्यमशीलतालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । बुधबार वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नवीकरणीय ऊर्जालाई अनुदानमा मात्र सीमित गर्न नहुने बताए । उनले यसलाई उत्पादन, रोजगारी र आर्थिक समृद्धिसँग जोड्नुपर्ने