काठमाडौं : सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई कारबाही नगरी जिम्मेवारी मात्रै फेरबदल गरिएको स्पष्ट पारेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारबाही नगरिएको भन्दै जिम्मेवारी मात्रै परिवर्तन गरिएको बताए। उनले बदलिँदो परिस्थितिमा संवेदनशील विषयमा सरकारले केही गर्नुपर्ने निर्देशनसमेत आएकाले