भारतीय विदेश सचिव मिश्री काठमाडौंमा

 काठमाडौँ - भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आएका छन् । 

दुईदिने भ्रमणका लागि मिश्री आज बिहान नेपाल आएका हुन् । मिश्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले स्वागत गरे । परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ ।

भ्रमणका क्रममा विदेशसचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणासँग भेटवार्ता गर्ने तालिका छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । सोमबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।