काठमाडौं । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ । बुधबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी डा. मनोज केसीलाई नयाँ महानिरीक्षक नियुक्त गरेको हो । कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।