जाजरकोट : भेरी नगरपालिका–२ जाजरकोटकी बागमती सिंह टिनको टहरामा सकसपूर्ण तरिकाले गुजरा चलाउन थालेको ३ वर्ष बितिसक्यो। ठीक ३ वर्षअघि (आजकै दिन) २०८० कात्तिक १७ गते आएको भूकम्पले घर भत्किएपछि केही समय त्रिपाल र त्यसपछि टिनको टहरामा बस्दै आएको उनको ५ जनाको परिवार छिट्टै पक्की घरमा बस्न पाउने आशामा थिए। तर, तीन वर्ष बितिसक्दा पनि पुनर्निर्माणका लागि सरकारले दिने भनेको अनुदान नदिएपछि उनको परिवार यतिबेला निराश छ। हरेक सरकारले घर बनाइदिने आश्वासन दिए। चुनावमा भोट माग्दा पनि सबै दलका उम्मे