लगातार दोस्रो दिन बस्दैछ मन्त्रिपरिषद् बैठक

  • बुधबार १९ कात्िक २०८३ ०७:२९ AM
काठमाण्डु- सरकारले लगातार दोस्रो दिन मन्त्रिपरिषद् बैठक बोलाएको छ। बुधबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बसिरहेको छ। आजको बैठकमा के-कस्ता विषयमा छलफल र निर्णय हुन्छ भन्नेबारे औपचारिक जानकारी आइसकेको छैन। यसअघि मंगलबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। १८ दिनसम्म बस्न नसकेको मन्त्रिपरिषद् बैठक मंगलबार बसेसँगै सरकारले नियमित कामकारबाहीलाई अघि बढाएको थियो।