काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ । प्रतियोगितामा मंगलबारसम्म १३ खेल सम्पन्न भएका छन् । आठ टोली सहभागी प्रतियोगितामा अहिलेसम्मको प्रदर्शनका आधारमा लुम्बिनी लायन्सले शीर्षस्थानमा स्थापित गरेको छ भने पोखरा एभेन्जर्सले जितको खाता खोल्न सकेको छैन । मंगलबार भएका दुई खेलले अंकतालिकाको समीकरणमा थप परिवर्तन ल्याएका छन्