काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको छ । सेबोनले मंगलबार कात्तिक १७ गते बैंकलाई हकप्रद सेयर निष्काशनको स्वीकृति दिएको हो । स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर थप आधा कित्ता हकप्रद सेयर जारी गर्नेछ ।