एनआईसी एसिया इक्विटी अपर्चुनिटी फण्ड नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार

  • बुधबार १९ कात्िक २०८३ ०७:४१ AM
काठमाडौं । एनआईसी एसिया क्यापिटलको व्यवस्थापनमा रहेको ‘एनआईसी एसिया इक्विटी अपर्चुनिटी फण्ड’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्से र एनआईसी एसिया क्यापिटलबीच कात्तिक १८ गते उक्त फण्डका १० करोड इकाई सूचीकृत गर्ने सम्झौता भएको हो । प्रतिइकाई १० रुपैयाँ मूल्य रहेको यस फण्डको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ ।