सरकारले एआईजी डा. मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो। बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ। The post नेपाल प्रहरीको महानिरीक्षकमा डा. मनोज केसी नियुक्त, हटाईए दानबहादुर appeared first on Businesspana.