काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता विद्यादेवी भण्डारीले विश्वभरका नेपालीको समस्या र आवश्यकता बुझेर काम गर्नुपर्ने बताएकी छन् । बुधबार प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता भण्डारीले यस्तो बताएकी हुन् । विशेषगरी वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणले लाखौँ परिवारको जीवनयापन र देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको चर्चा गर्दै भण्डारीले तर प्रवासी नेपालीको योगदानलाई विप्रेषणमा मात्र सीमित गरेर हेर्नु नमिल्ने बताइन् । ‘विदेशमा रहँदा हासिल गरेको ज्ञान, सीप, प्रविधि, अनुभव र कार्यसंस्कृति पनि देशका लागि उत्तिकै महत्त्वपूर्ण पुँजी हुन् । यसलाई नेपालको कृषि, उद्योग, शिक्षा, प्रविधि र सेवा ... The post पार्टीबारे फैलाइएका भ्रम र अफवाहको तथ्य र प्रमाणका आधारमा खण्डन गर्नुपर्छ : विद्यादेवी भण्डारी appeared first on Kalika Khabar.