मोरङमा प्रशासनको असक्षमता सुरक्षा दिन नसक्ने, होटल बन्द गराउने

  • बुधबार १९ कात्िक २०८३ ०१:०० PM
विराटनगर : नागरिक र पर्यटकलाई चौबिसैघण्टा सुरक्षा दिनुपर्ने राज्यले राति १० बजेपछि होटलमा नयाँ ग्राहक प्रवेश गर्न नदिने र साढे १० बजेभित्र सबै पाहुनालाई बाहिर निकाल्नुपर्ने निर्णय गरेपछि मोरङ प्रशासनको कार्यशैलीमाथि प्रश्न उठेको छ। सुरक्षा व्यवस्थापन गर्नुपर्ने निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुको साटो व्यवसाय सञ्चालनमै समयसीमा तोकेर समस्या समाधान गर्न खोजेको भन्दै आलोचना सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले होटल, रेस्टुरेन्ट, क्लब, डिस्को तथा बारलाई लक्षित गर्दै लागू गरेक