निउरो टिप्न गएका युवकको बाघको आक्रमणबाट मृत्यु

  • बुधबार १९ कात्िक २०८३ ०१:०० PM
काठमाडौं : चितवनको भरतपुर महानगरपालिका–२७ स्थित राधाकृष्ण सामुदायिक वनको बेथरी खोलानजिक बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मंगलबार दिउँसो २ बजेको समयमा निउरो टिप्न गएका चारजनामध्ये भरतपुर महानगरपालिका–२७ बस्ने ४६ वर्षीय भीम महतोलाई बाघले आक्रमण गरी लगेको थियो ।घटनाबारे निजसँगै गएका साथीहरूले सोही दिन बेलुका पौने ६ बजे इलाका प्रहरी कार्यालय दिव्यनगर,चितवनमा जानकारी गराएका थिए । जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी,चितवन राष्ट्रिय निकुञ्ज,नेपाली सेना,स्थानीयवासी तथा वनका कर्मचारीक