काठमाण्डु- नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले वर्तमान सरकार नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई फसाउने प्रयासमा लागेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा लामो भनाइ राख्दै खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सरकारको नेतृत्व आफैँ सम्हाल्नुपर्ने अवस्था आएको टिप्पणी गरेका छन्। रास्वपामा केही समय आबद्ध रहेका खरेल निर्वाचनमा पराजित भएपछि पार्टीबाट अलग भएका थिए।