भारतीय विदेश सचिव मिस्रीले भेटे परराष्ट्रमन्त्री खनाललाई

  • बुधबार १९ कात्िक २०८३ ०६:३४ AM
काठमाण्डु- दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मित्रतालाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षबारे