अमेरिकी मध्यवाधि निर्वाचनमा ट्रम्पलाई धक्का, दुवै सदनमा डेमोक्रेटिक पार्टीको बहुमत

  • बुधबार १९ कात्िक २०८३ ०६:५९ AM
वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई मध्यावधि निर्वाचन (मिडटर्म इलेक्सन) मा ठूलो धक्का लागेको छ। मंगलबार सम्पन्न निर्वाचनमा विपक्षी डेमोक्रेटिक पार्टीले अमेरिकी संसद्का दुवै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभ्समा बहुमत हासिल गरेको छ। यससँगै ट्रम्पको दोस्रो कार्यकालका बाँकी दुई वर्षमा उनको राजनीतिक चुनौती थपिने देखिएको छ। यसअघि दुवै सदनमा नियन्त्रण कायम राखेको रिपब्लिकन