रौतहट । रौतहटको गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक अज्ञात समूहको गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति सवा ९ बजे बजे सोही स्थान बस्ने अन्दाजी २८ वर्षीय राकेश यादवलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको हो । उनलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको छ । उनको अवस्था गम्भीर रहेको छ । घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ । घटनास्थलमा ७.६२ एमएम पेस्तोलको ... The post गोली प्रहारबाट २८ वर्षीय युवक गम्भीर घाइते appeared first on Kalika Khabar.