वीरगंज – वीरगंज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा त्रुटिपूर्ण कागजात पेस गरेको आरोप लागेका पूनम आर्ट्सलाई ठेक्का दिएको विषय विवादमा परेको छ । बोलपत्रको मुख्य कागजातमा केरमेट हुनुका साथै कबोल रकम अंक र अक्षरमा फरक उल्लेख भएको अवस्थामा समेत उक्त फर्मलाई ठेक्का प्रदान गरिएको भन्दै महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाको भूमिकामाथि प्रश्न उठेको हो । वीरगंज महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले आर्थिक वर्ष २०८३/०८४ का लागि आन्तरिक आय संकलन गर्ने उद्देश्यले सोलार पोलमा विज्ञापन बोर्ड जडानसम्बन्धी ३० दिने सिलबन्दी बोलपत्र आह्वान गरेको थियो । महानगरपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार ठेक्काअन्तर्गत २३० वटा ... The post कागजातमा केरमेट र कबोल रकममा फरक, पूनम आर्ट्सलाई ठेक्का दिएपछि महानगरको निर्णयमाथि प्रश्न appeared first on Kalika Khabar.