माननीय अर्थमन्त्रीज्यू,म एक सूचना प्रविधि व्यवसायी हुँ। प्रविधिले देशलाई आधुनिक, पारदर्शी र उत्पादनशील बनाउँछ भन्ने विश्वासका साथ केही युवालाई रोजगारी दिँदै, कानुनले तोकेको कर समयमै तिर्दै र प्रत्येक कारोबारको व्यवस्थित लेखा राख्दै आएको एक सामान्य नागरिक हुँ। म सेवा दिन्छु, बिल जारी गर्छु, भ्याट बुझाउँछु र लेखापरीक्षण गराउँछु; तर आफ्नै कमाइबाट काटिएको कर आफ्नै खातामा दाखिला गराइदिन क्रेतालाई पटक–पटक फोन, इमेल र बिन्ती गर्नुपर्छ। केही समयअघि ‘कर प्रक्रियामा सरलीकरण’ शीर्षकको लेख