मानिसको जीवनमा पद, प्रतिष्ठा, सम्पत्ति, शक्ति र जनताको अनुमोदनको चाहना हुनु स्वाभाविक हुन्छ। यो स्वाभाविक चाहना कतिपय अवस्थामा असाधारण लोभ, मोह र अहंकारमा बदलिएको देखिन्छ। मानिस ठूलो पदमा पुग्न, प्रतिष्ठा कमाउन, सम्पत्ति जोड्न र शक्तिको केन्द्रमा रहन यति व्यस्त हुन्छ कि उसले आफ्नै अगाडि उभिएको मृत्युको सत्यलाई समेत बिर्सन्छ। अरूको सफलता देखेर ईष्र्या गर्छ, आफूभन्दा अगाडि बढेको कसैलाई देख्न चाहँदैन र आफूले प्राप्त गरेको पद, प्रतिष्ठा र शक्तिलाई स्थायी उपलब्धि ठान्न पुग्छ।मानिसको जीवनको सबैभन्दा क